शिशिर सिंखडा, चितवन । लायन्स क्लबको ईन्टरनेशनल डाइरेक्टर इन्डोर्समा एमजेएफ लायन बालकृष्ण बुर्लाकोटी अत्याधिक मतले बिजयी हुनुभएको छ । लायन्स क्लबको मल्टिपल डिष्टिक्ट ३२५ नेपालको कन्भेन्सनबाट एमजेएफ लायन बालकृष्ण बुर्लाकोटी अत्याधिक मतले बिजयी हुनु भएको हो ।   
आज नेपालभरका लायन्स क्लब हरुका प्रतिनिधिको भर्चुअल कन्भेन्सन तथा अनलाइन भोटिङबाट बुर्लाकोटी बिजयी हुनुभएको हो । उहाँले १६ सय ४४ मत र उहाँका प्रतिद्वन्दी खगेन्द्र सिटौलाले ११ सय ९० मत प्राप्त गर्नु भएको थियो ।
   बिजयी बुर्लाकोटी लायन्स क्लब अफ काठमाडौं गंगबुका चार्टर प्रेसिडेन्ट हुँदै डिस्ट्रिक गभर्नर सम्मको विभिन्न पदमा रहि कुशलता पुर्बक कार्य सम्पन्न गरिसक्नु भएको लायन्स क्लब ईन्टरनेशनल ३२५ बि १ का सिनियर डिस्ट्रीक एड्भाईजर सुदिपराज ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !