नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा तीन जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई जना तथा बर्दिया, दाङ र रुकुम पश्चिमका एक र एक जना छन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत गुलरिया–४ बर्दियाका ५७ वर्षीय पुरुष, कोहलपुर –१४ बाँकेकी ७० वर्षीया महिला र तुलसीपुर –१८ दाङकी ७२ वर्षीया महिलाको मृत्यु भएको छ ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत चौरजहारी –४ रुकुम पश्चिमकी ६५ वर्षीया महिला र नेपालगन्ज –११ बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट हालसम्म बाँकेका २ सय ९९ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय १० जनाको मृत्यु भएको छ । नवीन गिरी

प्रतिक्रिया दिनुहोस !