चितवन । जापानमा रहेका दयालु मनहरुले कोरोनाको कारणले गाउँ फर्किएका चेपाङ वालवालिकालाई आज फेरि खाधान्न खरीदको लागि ९४ हजार प्राप्त भएको छ । जापानमा रहँदै आउनुभएका चेपाङ संरक्षण केन्द्रका सल्लाहकार दीपक नेपालको पहलकदमीमा विभिन्न दयालु दाताहरुले आफ्नो जन्मोत्सव, वैवाहिक वर्षगाँठमा गरिने खर्चलाई कटौती गरि सहयोग गर्नुभएको हो ।

चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ मा अवस्थित चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर अध्ययनरत बालबालिकाहरु लकडाउनको कारणले गाउँ फर्किनु परेको र गाउँमा पनि खाधान्न अभाव भई खाधान्न जोहोको लागि वालश्रम बेच्न बाध्य भएको पाइएपछी केन्द्रका अध्यक्षले सहयोगको अपिल गर्नुभएको थियो । सोही अनुरूप जापानबाट आज प्राप्त ९४ हजार लगायत कुल रकम हाल सम्म २ लाख ४० हजार प्राप्त भैसकेको बारेमा पनि केन्द्रका अध्यक्षले जानकारी गराउनुभयो ।

https://www.facebook.com/100008888208417/videos/2613561078950140/

 

जापानमा संकलित रकम केन्द्रका सल्लाहकार दीपक नेपालको माध्यमबाट माता टीका कुमारी नेपालको नाममा प्रेषण गरी सम्पुर्ण रकम चरणवद्द रुपमा हस्तान्तरण गर्नुभएको थियो । जब जब आश्रममा खाधान्न तथा स्टेशनरी अभावले संकटग्रस्त हुन्छ, तब तब जापानवासी नेपालीहरुले ठूलो सहयोग गरिरहनुभएको स्मरण गर्दै दीपक नेपाल तथा सम्पुर्ण जापानवासी दानदाताहरुलाई हार्दिक आभार पनि प्रकट गर्नुभएको थियो ।

यसै अभियानलाई थप टेवा पुर्याउन सेवामुलक भावनाले आजै दीपक नेपाललाई आफ्नो वैवाहिक वर्षगाँठको सुखद दिनमा नेपाली जनम्पर्क समिती जापानका संरक्षक तथा गल्कोट समाज जापानका संरक्षक बाबुराम सापकोटा तथा उहाँकी धर्मपत्नीबाट २० हजार येन पनि हस्तान्तरण गरिसक्नुभएको र सो रकम पनि यथाशीघ्र नै नेपाल प्रेषण गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस !