काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ संक्रमित थपिए । २० हजार ८१३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४६२४ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । यही अवधिमा थप ८ हजार ६सय ६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । कोरोना संक्रमणका कारण थप १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !