काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत संयुक्त राज्य अमेरिका सरकारले नेपाल सहित विश्वका विभिन्न मुलुकहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स परियोजनामार्फत विश्वका विभिन्न मुलुकलाई गरी तत्काल २ करोड ५० लाख मात्रा खोप उपलब्ध गराउने र त्यस मध्ये नेपाल सहित एसियाका १६ बढी मुलुकका लागि ७० लाख मात्रा खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकी सरकारको निर्णयप्रति आभार व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले ट्विट गर्नु हुँदै खोपका लागि नेपालले गरेको प्रयासको सम्बोधन गरेकोमा अमेरिका सरकार र नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ ।

 

अमेरिकाले नेपाललाई कुन खोप दिने भन्नेबारे भने स्पष्ट भइसकेको छैन ।

अमेरिकाले फाइजर-बायोएनटेक, मोडर्ना र जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोना खोप दिन लागेको बताइन्छ।  रेडियो नेपाल

प्रतिक्रिया दिनुहोस !