काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट अर्थात न्यायाधीशहरूको पूर्ण बैठक आज बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० जना न्यायाधीश नै सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाएका हुन् ।

बैठकमा कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल हुने सूचनामा उल्लेख छ ।

विविध शीर्षकको एजेण्डा पनि राखिएकाले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्नेगरी नियमावली संशोधनको विषयमा पनि छलफल हुन सक्ने अनुमान छ ।

प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नेकपाको एकता बदर गर्ने न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे प्रश्न उठेपछि सुनुवाइ नै रोकिएको छ ।

न्यायाधीशद्वय श्रेष्ठ र केसीले संवैधानिक इजलास छाड्न मान्नुभएको छैन भने उहाँहरुकै कारण देखाउँदै दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !