काठमाडाैँ । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएकाे छ । उहाँलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो ।सभामुख नेत्रनाथ अधिकारीले बिहीबार १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उहाँकाे ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको जानकारी दिनुभयाे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन कांग्रेसको पक्षमा हस्ताक्षर नगरेपछि थापालाई पार्टीले कारवाही गरेको छ । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !