काठमाडौँ  ।  कोरियाली स्वयंसेवा कार्यक्रमअन्तर्गत कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पताललाई रु पाँच लाखभन्दा बढीका स्वास्थ्य उपकरण एवं सामग्री हस्तान्तरण गरेको छ ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठको उपस्थितिमा कोइकाका विश्व निर्देशक बुङचिओल किमले अस्पतालका प्रशासन अधिकारीलाई हालै एक थान अक्सिजन कन्सन्ट्रेटर, २३० थान व्यक्तिगत सुरक्षा उपकरण ९पिपिई०, १० हजार थान शिरकवच, ८४ बाकस पञ्जा र पाँच हजार थान मास्क हस्तान्तरण गर्नुभएको यहाँस्थित कोइकाको कार्यालयले आज जनाएको छ ।

गणतन्त्र कोरियाले सन् १९९१ देखि नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, सूचना तथा सञ्चार प्रविधि र पर्यटन विकासमा स्वयंसेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !