काठमाडौं । प्रदेश नम्बर १ को वर्खे अधिवेशन बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ ।

बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार बिहीबारको बैठकले जेठ २४ गते अपरान्ह २ बजे बैठक बस्ने गरी प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चाबीच अधिवेशन बोलाउन सिफारिस भएको छ । अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस !