काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टीभित्र थप तमासा नदेखाउन नेताहरूलाई आग्रह गरेका छन् ।

वर्तमान समयले नयाँ ध्रुवीकरण खोजेको बताउँदै भट्टराईले हिजो आइतबार राति ट्विट गर्दै पार्टीभित्र तमासा नगरी बरु हात मिलाएर आ–आफ्नो बाटो लागौंं भन्ने अभिव्यक्ति दिएका छन् ।

जसपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला उनको यस्तो भनाइ आएको हो । उनले मान्छे तानातान र किनबेचको तमासा नगरी हात मिलाएर आ–आफ्नो बाटो लाग्न उचित हुने ट्विटमा उल्लेख गरेका छन् ।

यस्तो छ, उनको ट्विट–

अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दै छ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं १ भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ १ हात मिलाएर आ–आफ्नो बाटो लागौं १ हिँडिरहे फेरि भेट हुने छ ।

प्रतिक्रिया दिनुहोस !