काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट जनमुखी भएको बताउनुभएको छ । बिहान रबिन्द्र अधिकारकीको नाममा सुकेटार विमानस्थलको नामाकरण गरेको भनेर आपत्ति जनाउनुभएका भट्टराईले केहीबेर अघि थ्रुप्रै चुनौति रहेपनि बजेट जनमुखी रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८र ७९ को बजेट मुलतस् जनमुखी छ । हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान छन । यी चुनैतीमाथि बिजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस ।’

प्रतिक्रिया दिनुहोस !