काठमाडौं । खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्राचार गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश मन्त्रालयमार्फत पुटिनलाई दिने तयारी छ । राष्ट्रपतिको पत्र शुक्रबार त्यहाँस्थित नेपाली दूतावास पुगेको छ ।

सरकारले यसअघि नै रुसले उत्पादन गरेको ‘स्पुतनिक भी’ खोप ल्याउन पहल गरिरहेको छ । उक्त खोपले नेपालमा प्रयोगका लागि आपतकालीन प्रयोगको लागि स्वीकृति प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !