चितवन ।  माधव नेपाल पक्षिय नेकपा एमाले कालिका नगर कमिटीमा स्वघोषणा गरि भिष्म खनाल नगर संयोजक बनेका छन । नेकपा एमालेको केन्द्रमा भएको आन्तरिक बिबादले केहि माधव नेपाल पक्षिय नेताहरु पार्टीबाट अलग भई नयाँ पार्टी खोल्ने तयारी गरि रहेका छन । यता कालिका नगरपालिकामा भने नेकपा एमाले नगर संयोजकको हैसियतले खनालले हस्ताक्षर गरि बिज्ञप्त्ती जारी गरेका छन ।
आज कालिकाका स्थानिय ५ दलले जारी गरेको एक बिज्ञप्त्तीमा नेकपा एमालेको तर्फबाट खनालले हस्ताक्षर गरेको पाईएपछि उनी माधव पक्षमा रहेको बुझिएको हो ।
माधव पक्षले जिल्ला कमिटी सम्म पार्टीको समानन्तर संरचना तयार गरेपनि नगर कमिटी भने घोषणा गरिसकेको छैन । कालिका नगरमा क्रियाशिल राजनीतिक दलले संयुक्त बिज्ञप्त्ती जारी गर्ने क्रममा पार्टीका नेता जयचन्द्र प्रसाद चौधरीले हस्ताक्षर गर्ने भनिए पनि चौधरीले खनाललाई बैठकमा जान र हस्ताक्षर गर्न भनेपछि उनले आफुले आफैलाई नगर संयोजक घोषणा गरि हस्ताक्षर गरेको स्थानिय पदमपुरका एक एमाले नेताले कालिका दैनिकलाई जानकारी दिए ।
यस अगाडी नेकपा एमालेको मुल पार्टीमै रहने भन्दै आएका खनाल एकाएक आफैले स्वघोषणा गरि अलग पार्टी खोल्न लागेको समुहको नेतृत्व गर्नु लज्जास्पद भएको र उनको द्वैत राजनीतिक चरित्र भएको स्थानिय पार्टी कार्यकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !