
काठमाडौं । गैरआबसिय नेपाली संघ एनआरएनए अमेरीकामा लामो समयसम्म कार्यरत कृष्ण लामीछाने यती बेला अध्यक्षको प्रत्यसीको रुपमा अगाडि आउनु भएको छ । आफूले एनआरएनएमा रहेर बिभिन्न संघ, संस्थाहरुसंग समन्वय गरी नेपाल र नेपालीको हक, हित र अधिकार प्राप्तिको लागि एनआरएन सबैको सारथीको रुपमा स्थापित गर्न, गराउन प्रभावकारी कार्यक्रमहरू अवलम्बन गर्ने उहाँले बताउनुभयो ।
एनआरएनए अमेरीकाको निर्वाचनमा लामिछानेको जित सुनिश्चित भएको बताईएको छ । प्रबासी नेेेपाली हरुको हरेक सुखदुःखका सारथि रहेका लामिछानेलाई सबैलेे सहयोग गरि बिजयी गराउने अमेरिकाबासी नेपालीहरुले बताएका छन । नेपालीको एउटा अभिवावक कृष्ण लामिछानेको जितले प्रवासी नेपालीको शिर उचो हुने उनीहरु बताउछन ।
उता अध्यक्ष पद का उमेदवार लामिछानेले पनि आफु र आफ्नो टिमलाई जिताउन अपिल गर्नु भएको छ । अमेरीकामा छुट्टै व्याबसायिक छबी बनाउनु भएका लामिछानेले आफ्नो प्रतीबद्द्ता यसरी ब्यक्त गर्नु भयो !
प्रतिबद्ताहरूः
–संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिको लागि अघिल्लो कार्यसमितिहरुले अवलम्बन गरेका सकारात्मक कार्यक्रमहरूलाई निरन्तरता दिदै कार्य सम्पन्न गर्ने पहल गर्नेछु ।
–संस्थालाई सहभागितामूलक र समाबेसी बनाउँदै युवा र महिलाहरूको उपस्थिती वृद्धि गर्नेछु ।
–नेपालीहरूको घना आवादी रहेको अमेरिकाको बिभिन्न राज्य र शहरहरूमा सामुदायिक केन्द्रहरूको निर्माण ,बालबालिकाहरुलाई नेपाली भाषा , नैतिक शिक्षा अध्ययन । अध्ययपन , तालिम र आवश्यक कक्षा सञ्चालनको लागि आवश्यक पहल गर्नेछु ।
–एनआरएन अमेरिकामा स्थायी सचिवालयको स्थापना गरी कम्तीमा १ जना पुर्णकालिन कर्मचारी राखेर आवश्यकता अनसार नेपालीहरुको सेवा पुयाउनेछु ।
–मौजुदा विधानको संशोधन गरेर एनआरएन अमेरिका अन्र्तगत गठित च्याप्टरका सम्पूर्ण अध्यक्ष हरुलाई पदेन सदस्य बनाउनको लागि आवश्यक पहल कदमी गर्नेछु ।
–अमेरिकामा रहेका नेपालीहरुको लागि सामुहिक जीवन तथा स्वास्थ्य बीमाको क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू अघि बढाउनेछु ।
–अध्यगमन लगायतका अन्य विषयमा आवश्यकिय सर – सल्लाह र सहयोग उपलब्ध गराउने हेतुले कानुनविद्हरूको एक रोष्टर समूह निर्माण गरी नेपालीहरुको सेवामा काम गर्नेछु ।
–अमेरिकामा रहेका नेपाली चिकित्सकहरुको रोष्टर समूह तयार गरेर बिभिन्न राज्य र शहरहरूमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछु ।
–एनआरएन अमेरिकाको यथासिघ्र आपतकालिन कोषको निर्माण गर्नेछु ।
अमेरिका र नेपालबीचको ब्यापारबृद्धिको लागि नेपाली वस्तुहरुको प्रर्वद्धनको लागि आवश्यक पहल गर्नेछु ।
साथै दोहोरो कर प्रणालीको लागि आवश्यक पहल कदमी गर्नेछु ।
–नेपालीहरूको बाक्लो बसोबास रहेको राज्यहरूमा वाणिज्य दूतावास स्थापनाको लागि नेपाल सरकार , मातहतका मन्त्रालय र सम्बन्धित निकायमा अविलम्ब पहल गर्नेछु ।
–बिभिन्न संघ । संस्थाहरुसंग समन्वय गरी नेपाल र नेपालीको हक , हित र अधिकार प्राप्तिको लागि एनआरएन सबैको सारथीको रुपमा स्थापित गर्न । गराउन प्रभावकारी कार्यक्रमहरू अवलम्बन गर्नेछु ।
–अमेरिका सरकार , राज्य सरकार र अन्य सरकारी निकायहरुसंग समन्वय गरी प्राप्त सेवा र सुविधा सबैको पहुँचसम्म पु – याउनको लागि ठोस कार्यक्रमहरू अघि बढाउँनेछु ।
गैरआबसिय नेपाली संघ एनआरएनए अमेरीकामा कृष्ण लामीछाने प्यानलका उमेदवारहरु :