काठमाडौं । नेपाल पत्रकार महासंघ रोल्पा शाखाका संस्थापक सभापति एवं कान्तिपुरकर्मी काशिराम डाँगीको पूर्वमन्त्री वर्षमान पुनले सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको विषयप्रति प्रेस चौताारी नेपालले ध्यनाकर्षण भएको जनाएको छ ।

रोल्पामा अक्सिजन सिलिण्डर बिक्रिबितरण गरेको विषयलाई लिएर पूर्वमन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट नामै किटेर चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा धम्कीपूर्ण आक्रोश व्यक्त गर्नु अत्यन्तै निन्दनीय र खेदजनक कार्य हो । यसले पूर्वमन्त्री पुनको वास्तविक चरित्र पनि उदांगिएको छ । रोल्पामा बसेर मोफसलको पत्रकारिताको विकासका लागि अनवरत रुपमा खटिरहेका डाँगीमाथि भएको योजनाबद्ध हर्कत कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर मानसिक दबाब दिँदै व्यक्तिगत चरित्र हत्या गर्ने पूर्वमन्त्री पुनमाथि छानविन गरी कडाभन्दा कडा कारबाही गर्न प्रेस चौतारी नेपाली जोडदार माग गर्दछ । प्रेस चौतारी नेपालका कार्यबाहक महासचिव हिरामान लामाद्ववारा जारी बिज्ञप्तिमा भनिएको छ ।

आफ्नो कुकर्मबाट जोगिन जिल्ला शाखाका संस्थापक सभापतिमाथि व्यक्तिगत लाञ्छना लगाएर आम पत्रकारहरुको नै सांकेतिक रुपमा चरित्र हत्या गर्ने पूर्वमन्त्री पुनको व्यवहारप्रति पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ समेत मौन बस्नुले हामीलाई अत्यन्तै दुःखीत तुल्याएको छ । एक जना श्रमजीवी पत्रकारमाथि सरकारी उच्च ओहोदामा पुगिसकेका व्यक्तिले योजनाबद्ध रुपमा लगाएको गम्भीर आरोपप्रति श्रमजीवी पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ जिम्मेवार बन्नु पर्दैन ? यो राजीतिक र व्यक्तिगत विषय हो भन्दै उम्किन मिल्छ ? निष्पक्ष, निर्भिक र स्वतन्त्र पत्रकारितामाथि नै आँच पु¥याउँने गरी लगाइएका लाञ्छना सैह्य हुन सक्दैन ।
शान्ति र सौहार्दपूर्ण वातावरणमा पत्रकारिता गर्ने अवस्थाको सिर्जना गर्न सम्बन्धित पक्षसँग हामी जोडदार माग गर्दछौं । साथै पत्रकार डाँगीको चरित्र हत्या गर्ने पक्षमाथि कारबाहीका लागि दवाव सिर्जना गर्न आम सञ्चारकर्मी, नागरिक समाज, बुद्धिजीवी, मानव अधिकारकर्मीलगायत राज्यका सबै तह र तप्काका अधिकारीहरुसँग अनुरोध गर्दछौँ । कार्यबाहक महासचिव लामाद्ववारा जारी बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !