कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण आज थप तीन जनाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका–११ का ५३ र ७९ वर्षीय पुरुष, र वेदकोट नगरपालिका– ९ कि ६५ वर्षिया महिलाको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले जानकारी दिनुभयो ।
त्यस्तै गरी महाकाली अस्पतालमा आज थप तीन जनाले कोरोना जितेर घर फिर्ता भएको पनि उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !