शिशिर सिंखडा, चितवन । चितवनको बिपन्न बस्तीमा रहेका चेपाङ बिद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ । रत्ननगर-१०, मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सो खाद्यान्न सहयोग गरिएको हो ।
कोरोना कहरका कारण केन्द्रबाट  घरमै बस्न बाध्य भएका कालिका नगरपालिका-१०, नान्दर गाउँमा रहेका १३ घरपरिवारका विद्यार्थी र इच्छाकामना गाउँ पालिका-१, चौकीडाडा, जैथली,सप्रेनी गाउँमा रहेका विद्यार्थीका २७ घरपरिवारलाई सो खाद्यान्न सहयोग गरिएको हो ।
https://www.facebook.com/100008888208417/videos/2609147052724876/
विद्यार्थीहरुलाई सोही गाउँमै पुगि  खाद्यान्न सहयोग गरिएको थियो । पत्रकार, चेपाङ अभियान्ता तथा केन्द्रका अध्यक्ष केपी किरण शर्माले सो सामाग्री विद्यार्थी र उनका परिवारलाई हस्तान्तरण गर्नु भएको थियो ।
हाल सप्रेनी गाउँमा बस्दै आएका केन्द्रका विद्यार्थी हेमबहादुर चेपाङले लामो समय देखि खाद्यान्न खान नपाएको हाम्रो परिवारलाई आज ठुलो सहयोग भएको बताए ।   सो खाद्यान्न जापान निवासी समाजसेवी दिपक नेपाल मार्फत उपलब्ध गराईएको थियो । सो केन्द्रमा १३८ जना विद्यार्थीहरु आवासीय रुपमा रहि अध्ययन गर्दथे ।
कोरोना कहरका कारण केन्द्रमा अहिले १७ जना विद्यार्थी अनलाइन कक्षा मार्फत अध्ययन गरिरहेका छन । बाकी सबै विद्यार्थी गाउँमा घरमै बस्न बाध्य छन । गाउँमै रहेका विद्यार्थीहरुलाई खानको समस्या भएकोले अन्य गाउँमा रहेका केन्द्रका विद्यार्थीहरु लाई पनि खाद्यान्न सहयोग गरिने अध्यक्ष शर्माले बताउनु भयो ।
https://www.facebook.com/100008888208417/videos/2609147052724876/

प्रतिक्रिया दिनुहोस !