काठमाडौं । अर्थमन्त्रालयले कोरोना संक्रमणको दोस्रो लहरका कारण आर्थिक बृद्धिदरमा गम्भिर असर गर्ने बताएको छ।

चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले चालु वर्षका लागि अनुमान गरिएको चार प्रतिशतभन्दा माथिको आर्थिक बृद्धिदर हाँसिल गर्न कठिन भएको बताएका छन्।

अघिल्लो लहरको प्रभावबाट विस्तारै लयमा फर्किएको अर्थतन्त्रमा दोस्रो लहरले गम्भिर धक्का दिएको अर्थमन्त्रालयको विश्लेषण छ।

मुलुकमा विदेशी मुद्राको संचिति,रेमिट्यान्स आप्रवाह, वैदेशिक व्यापार, वैशाखसम्मको राजस्व संकलन तथा सार्वजनिक खर्चका सूचक नकारात्मक नभएको अर्थसचिव शिशिरकुमार ढुंगानाले बताएका छन्।

अरु सूचकहरु त्यति धेरै नकारात्मक छैनन् र देखिंदैनन्। तर हामीले राखेको सात प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य भने भेटिने देखिंदैनु ढुंगानाले भने।

प्रतिक्रिया दिनुहोस !