चितवन। चितवनका विभिन्न अस्पतालमा विगत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, पुरानो मेडिकल कलेजमा ३ जना, क्यान्सर अस्पतालमा २ जना र अन्य आइसोलेसन केन्द्रमा १ जनाको मृत्यु भएको हो ।

अहिले चितवनका विभिन्न अस्पतालमा ४ सय २३ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा २१५ जना, भेन्टिलेटरमा ६० जना, एचडीयूमा ३९ जना र जेनरल बेडमा १६९ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी चितवनमा विगत २४ घण्टामा २०४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा १४४, खैरहनीमा ३, माडीमा १३, रत्ननगरमा २०, राप्तीमा ९, कालिकामा १५ र इच्छाकामनामा २ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !