
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू समयमा नै फिर्ता गर्न आग्रह गरेको छ ।
समयमै अक्सिजन सिलिन्डर भर्न सम्बन्धित उद्योगहरुमा नपुग्दा समस्या हुने भन्दौ मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा एउटा उद्योगका अक्सिजन सिलिन्डरहरू अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको र यसले आगामी दिनमा समस्या निम्त्याउने सक्ने पनि बताइएको छ ।