बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२ सय ८२ जनाको पिसीआर परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा ४१ जना पुरुष र १९ जना महिला रहेका छन् ।
संक्रमित मध्ये २४ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २१ जना, रौतहटका ८ जना, सर्लाहीका ६ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ४ वर्षदेखि ७५ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १३ दशमलव ५ देखी ३५ दशमलव ७ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !