काठमाडौं । सरकारले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि सञ्चारकर्मीलाई सूचना विभागको कार्ड अनिवार्य गरेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी १४ गतेदेखि कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि सञ्चारकर्मीले सूचना विभागको कार्ड भएमा मात्र बाहिर निस्कन पाइने र नभएको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रशासन कार्यालयबाट दिइएको पुराना पासलाई रद्द गरी नयाँ पास बनाइने निर्णय गर्ने र अनुगमनलाई तीव्रता दिनेसमेत निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !