काठमाडौँ । २४ घण्टामा देशभर ८ हजार ३ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ ।

यस्तै ६ हजार ४ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ ।

 

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ पुगेको छ । क्वारेन्टाइनमा ९ सय १४ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १ सय ६९ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !