कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बोलाइएको छ । सोमबार स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने र एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रदेशमा अहिले आकस्मिक रुपमा दलको बैठक बोलाइएको हो ।

 

बैठकमा ओली पक्षका सांसदलाई भने खबर गरिएको छैन । ‘हामीलाई दलको नेताले बैठक भनेर खबर गर्नु भयो,’ नेपाल पक्षका एक सांसदले भने, ‘अहिले दलको कार्यालयमा सांसदहरू आइरहेका छन् ।’

५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन् । नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् । आजको बैठकले यहि सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गर्न सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस !