काठमाडौं । नेकपा एमालेले पार्टी सदस्य नै नरहने गरी कारबाही गरेपछि नेत्री रामकुमारी झाँक्रीले बालै फरर भन्दै ब्यंग्यात्मक टिप्पणी गरेकी छिन ।

उनको टिप्पणीमा पार्टीबाट निष्कासन गर्ने कारवाहीले केही फरक नपर्ने भन्दै यस्तो टिप्पणी गरेकी हुन ।

सोमवार राति गरेको ट्विटमा उनले भनेकी छिन, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर‘‘।।’

उनीसहित पार्टीका विभिन्न नेताहरूलाई एमालेले कारबाही गरेको छ भने केहीलाई स्पष्टिकरण सोधेको छ ।

 

प्रतिक्रिया दिनुहोस !