चितवन । पुर्वी चितवनको कालिका-६, जमुनापुरका २९ वर्षिय युुवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । २ हप्ता अगाडि देखि चितवन मेडिकल कलेजमा उपचाररत उनको आज बिहान ११ बजे निधन भएको पारिवारजनले बताएका छन ।
हाल सम्म कोरोनाका कारण कालिका नगरपालिकामा १४ जनाको मृत्यु भई सकेको छ भने  ३६७ जनामा कोरोना पोजेटिभ देखिएकोमा हाल सक्रिय संक्रमितको संख्या १२७ जना रहेको स्वास्थ कार्यालय कालिकाका प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो ।
हालसम्म चितवनमा १२६६८ जनामा  कोरोना पोजेटिभ देखिएको छ भने सक्रिय संक्रमीत ४७१३ जना रहेको जिल्ला स्वास्थ कार्यालय चितवनले जनाएको छ ।
हाल सम्म जिल्लामा १९९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !