नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ५ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै बाँके बाहिरका छन् । कैलालीका ४ जना, दाङका २ जना तथा बर्दिया र सल्यानका १र१ जना छन् ।

जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत बबई २ दाङका ९२ वर्षीय पुरुष, ठाकुरबाबा ७ बर्दियाका ३८ वर्षीय पुरुष, टिकापुर १ कैलालीका ६० वर्षीय पुरुष, टिकापुर ७ कैलालीका ३५ वर्षीय पुरुष र तुलसीपुर १ दाङकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत लम्कीचुहा ६ कैलालीकी ३३ वर्षीया महिला, जानकी ९ कैलालीकी ७५ वर्षीया महिला र शारदा १ सल्यानका ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो सँगै कोरोनाबाट बाँकेका २७३ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २४० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !