चितवन। चितवनमा विगत २४ घण्टामा कोरोना संक्रमणको कारणले ११ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ४ जना, पुरानो मेडिकल कलेजमा ३ जना, क्यान्सर अस्पतालमा १ जना र अन्य अस्पतालमा २ जनाको कोरोना संक्रमणका कारणले निधन भएको छ ।
चितवनका अस्पतालहरुमा २ सय ५२ जना आईसीयूमा, ५९ जना भेन्टिलेटरमा, ६० जना एचडीयूमा उपचाररत छन् । विगत २४ घण्टामा ५७ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी आज चितवनमा १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकाका १ सय १० जना, खैरहनीका ६, माडीका ५ जना, रत्ननगरका ८, राप्तीका ४, कालिकाका ६ र इच्छाकामना गाउँपालिकाका २ जना रहेका छन् । योसँगै चितवनमा संक्रमितको संख्या १२ हजार ६सय १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !