जापान । कोभिड-१९ को दोस्रो प्रभाव संगै गोरखा जिल्लाका विभिन्न स्थानिय निकायका समुदाय स्तरमा फैलिएको (COVID-19) कोरोना भाईरस रोकथाम र न्युनिकरणको लागी गोरखा समाज जापानले पठाएको सहयोग गृह-जिल्ला गोरखामा पुगेको छ। प्रवासका विभिन्न देशमा रहेका गोरखा समाजहरु भन्दा अगाडिनै सहयोग अभियान सन्चालन र सम्पन्न गरेर गोरखा समाज जापानले कोभिड-१९ को दोस्रो प्रभाव लाई रोकथाम र न्युनिकरण गर्न सबै भन्दा पहिले स्वास्थ्य सामाग्री गृह-जिल्ला पुर्याएको बताईएको छ।

चुडामणि भट्टराईको नेतृत्वमा रहेको समाजले कोभिड-१९ आपत्तकालिन सहयोग अभियान संस्थाका ऊपाध्यक्ष मनिश अमात्यको संयोजकत्वमा सन्चालन गरी जापानबासी नेपाली,गोरखालीहरु संग सहयोग संकलन गरि करिब ६ लाख बराबर जापानीज यन सन्कलन भएको समाजका कोषाध्यक्ष जीवन रेग्मिले बताऊनु भएको छ। संकलित रकम मध्येबाट नेपाली रु ५ लाख बराबरको सहयोग पहिलो चरणका लागी छुट्याएको र गोरखा समाज जापान लाई ऊसको अभिभावक संस्थाले अन्य देशमा रहेका गोरखा समाजहरुले भन्दा अगाडिनै अभियान सन्चालन गरेर सम्पन्न गरेको भन्दै थप स्वास्थ्य सामाग्री थपियोस भनि ग्लोबल गोरखा समाजको कोभिड-१९ फण्डबाट रु २ लाख ५० हजार बराबर सहयोग गरेको बताईएको छ।

आफ्नो छाता संस्था गोरखा समाज जापानले आफुहरुले भन्दा अगाडिनै अभियान सन्चालन गरेर सामाजिक कार्यमा अग्रसरता देखाएकोमा ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले ग्लोबल गोरखा समाजका सल्लाहकार परिषद सदस्य द्वय गोरखा समाज जापानका अध्यक्ष चुडामणि भट्टराई, ऊ. कोभिड-१९ आपतकालिन सहयोग अभियानका संयोजक मनिश अमात्य लगाएत सम्पुर्ण जापानबासी गोरखालीहरुले देखाएको अग्रसरता प्रति आफु र आफ्नो कार्यसमितिले अभियानको अग्रसरता लिगेको भन्दै सम्मान स्वरुप रु २ लाख १२ हजार र ट्रान्पोर्टेशन चार्ज (KTM-Gorkha),(Gorkha-KTM) गरि कुल रु.२ लाख ५० हजार बराबर सहयोग गरेको बताऊनु भएको छ।

गोरखा समाज जापानले जापानबासी गोरखालीको प्रतिनिधित्व समेत गरिदिन भन्दै ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी र नेपाल संयोजक विनोद पोखरेल लाई स्वास्थ्य सामाग्री जिल्ला सम्म लगेर हस्तान्तरण गरिदिन समेत अनुरोध गरेको बताईएको छ। स्वास्थ्य सामाग्रीहरुमा Plus Oximeter(TFT),२४२ पिस रु.९०० का दरले , Antigen Kits ४५० थान रु. ६०० का दरले ५९ हजार पिस चाईनिज (3pls) माक्स रु .३.८० पैसाको दरले गरेर कुल लागत रु.७,१२, ०००/- को स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताईएको छ।

समाजले बाकी रहेको संकलित रकम ग्लोबल गोरखा समाजले शुरुवात गरेको “नेपालमा अक्सिजन पठाऊ, नेपालीको जीवन बचाऊ” भन्दै सन्चालन भई रहेको अक्सिजन कन्सट्रेटर अभियानमा सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको जानकारी प्राप्त हुन आएको छ। आज नै सो स्वास्थ्य सामाग्री गोरखा नगरपालिकाको प्रागणबाट गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीको ऊपस्थितिमा सम्पुर्ण स्थानिय निकायका प्रतिनिधिहरुको रोवहरमा स्थानिय निकायका स्वास्थ्य केन्द्रहरुमा पुग्ने गरि हस्तान्तरण भएको बताईएको छ।

कोभिड-१९ प्रतिकार्य र व्यवस्थापनका जिल्ला संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारीले प्रवासका विभिन्न देशमा छरिएर रहनु भएका गोरखालीहरुको सहयोगले कोरोना महामारी संग जुद्धन थप सहयोग पुग्नुका साथै सहयोगी संस्था ग्लोबल गोरखा समाज र गोरखा समाज जापान परिवार प्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस !