परासी ।  नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को बर्दघाट नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक पोखरीहरुमा माछापालन कार्यक्रम शुरु गरेको छ । सामुदायिक पोखरीको संरक्षण एवं समुदायलाई उत्पादनमा जोड्ने उद्देश्यले सामुदायिक माछापालन कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
पोखरी तालतलैया र सिमसारमा माछापालनका लागि नगरपालिकाले यसवर्ष रु तीन लाख बजेट विनियोजन गरेको छ । विशेषगरी थारु समुदायमा माछाको परिकारलाई उत्कृष्ट परिकारका रुपमा लिइन्छ । नगरपालिकाअन्र्तगत प्रायःजसो थारु समुदायको बाहुल्यता रहेका गाउँमा नै सामुदायिक पोखरीहरु धैरै छन् । नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाका अधिकृत भरत लम्सालका अनुसार सामुदायिक पोखरीमा माछा उत्पादन गरी समुदायकै लागि आयआर्जन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएिको हो ।
बर्दघाट–१३ पनईस्थित तीन बिघा १४ कठ्ठा क्षेत्रफलको सामुदायिक पोखरीमा माछाका भुरा हालेर यो कार्यक्रम अघि बढाइएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
कार्यक्रमबाट पोखरी संरक्षणका साथै भुराबाट उत्पादित माछा बिक्रीबाट आएको आम्दानी स्थानीय समुदाय र युवा क्लबका लागि हुने भएकाले समुदायको आयवृद्धि हुने लम्सालको विश्वास छ । पोखरीहरुलाई प्राथमिकताका आधारमा छनोट गरी सामुदायिक माछापालन कार्यक्रम सञ्चालन गरिएको छ ।
पछिल्लो समय जिल्लाका कृषकहरु व्यावसायिक माछापालनतर्फ आकर्षित छन् । थोरै लगानीमा राम्रो आम्दानी र सजिलो पनि भएकोले यसतर्फ आकर्षण बढ्दै गएको कृषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !