
शिशिर सिंखडा, चितवन । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले शुरु गरेको “एक अक्सिजन कन्सनट्रेटर दुई जिवनदान” अभियानमा ताईवान निवासी समाजसेवी कर्मा धिन्बुब लामाले २ लाख रुपैया सहयोग गर्नु भएको छ ।
लामाले सो अभियानको लागि आज समाजका कोषाध्यक्ष आकाश बन्जारालाई सो रकम हस्तान्तरण गर्नु भएको हो ।



ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले विश्वभर रहेका नेपालीले कोभिड प्रभावित जिल्लाबासीलाई राहत दिन सहयोग संकलन अभियान सञ्चालन गरिरहेको कालिका दैनिकलाई जानकारी दिनुभयो । समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोर्कण ढकालले हाल नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको र अक्सिजन नपाएर नेपालहरुले अकालमा मृत्यवरण गरिरहेको घटनाले दुखी बनाएको भन्दै अभियान सञ्चालन गरिएको र रकम संकलन कार्य जारी रहेको समेत बताउनुभयो ।
समाजले ६६ वटा कन्सनट्रेटर खरिद गरि हस्तान्तरण गर्दैछ । २ जना बिरामीलाई एकैै पटक प्रत्यक्ष प्रयोग गर्न सकिने एउटा कन्सनट्रेटरको करिव १ लाख रुपैया पर्ने ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले जानकारी दिनुुुभयो । गोरखाका सबै अस्पताल, स्वास्थ चौकी र प्राथमिक उपचार केन्द्रमा कुल ६६ वटा कन्सनट्रेटर खरिद गरि हस्तान्तरण गर्नेे अभियानमा खटिनु भएका समाजका सचिब बिराट खनालले सो सामाग्रीहरु हस्तान्तरण पछि गोरखाका सबै स्वास्थ केन्द्रहरु अक्स्सिजनयुक्त हुने र कोरोना र अन्य बिरामीहरुको उपचारमा थप सहज हुने बिश्वास लिएको बताउनु भयो ।