माडी । राष्ट्रिय युवा संघ माडीका अध्यक्ष मुन्ना मियाले आफ्नो जन्मदिनको अवसरमा माडी ८ का अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
माडी नगर पालिका वडा नं ८ अति विपन्न सुकराम दर्जी, असक्त जेष्ठ नागरिक जितबहादुर चेपाङ, एकल पुरुष एवम् सन्यासी गंगा गिरिलाई चामल,दाल, नुनलगायत सरसफाईका सामानहरु उहाँहरुको घरमै पुगेर उपलब्ध गराईएको हो । सहयोगका सामानहरु ग्रहण गर्दै जेष्ठ नागरिक जितबहादुर चेपाङले विपन्न परिवारको समस्या बुझेर सङ्क्रमणको समयमा पनि घरमै आई सहयोग गर्ने सहयोगी मुन्ना मियाप्रति हार्दिक धन्यवाद दिंदैं विषम परिस्थितिमा असहाय र असक्तहरुलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।   

खाद्यान्न उपलब्ध गराउने कार्यक्रममा मुन्ना मियासहित माडी नगर पालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, नेकपा एमाले माडीका युवा नेता रामेश्वर चौधरी,राष्ट्रिय युवा संघ चितवनका सह संयोजक दिपक भण्डारीको उपस्थिति रहेको थियो ।     

प्रतिक्रिया दिनुहोस !