काठमाडाैँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले भोलि साँझ ५ बजेसम्म नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यस्तो आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ‘मन्त्रिपरिषद्बबाट मिति २०७८/२/६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रकृया आरम्भ हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५:०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।’   

प्रतिक्रिया दिनुहोस !