काठमाडौँ  ।  सरकारले जेठ ९ गते संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने र अन्त्य गर्ने संवैधानिक प्रावधान छ । सोहि अनुसार बैठकले जेठ ९ गते संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । जेठ १५ गते संसदमा बजेट पेश गर्नु पर्ने संवैधानिक ब्यबस्था छ ।

त्यस्तै आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय गरेको छ । ठुलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ । तर बैठकले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस !