हेटौंडा । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना कार्यक्रम सुरु भएको छ । केहिबेर अघिबाट भुटनदेविमा माविमै मतगणना सुरु भएको हो ।

हेटौंडा स्थित भुटनदेविमा माविमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सम्पन्न भएको थियो । उपनिर्वाचनको मतगणनाको नजिता आजै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जनाले मतदान गर्न पाउनेमा ३ सय ३८ जना मतदाताले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशको ११० सदस्यीय प्रदेशसभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम रहेको छ।

प्रदेश सभा सदस्यमा १ सय ५ जना र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा २ सय ३३ जना गरी ३ सय ३८ जनाले मत खसालेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !