चितवन । कालिका दैनिक अनलाइनद्वारा (www.kalikadainik.com) प्रहरी र विद्यार्थीलाई माक्स तथा सेनिटाईजर सहयोग गरिएको छ ।
अनलाइनका निर्देशक एवं समाजसेवी आकाश बन्जाराले सो सामाग्रीहरु सहयोग उपलब्ध गराउनु भएको हो । अनलाइनको तर्फबाट सो सामाग्रीहरु प्रधान सम्पादक शिशिर सिंखडाले हस्तान्तरण गर्नु भएको थियो । सो अबसरमा लायन्स क्लब अफ चितवन कालिकाका पुर्व अध्यक्ष शुर्दशन अधिकारी, द्वितिय उपाध्यक्ष बुद्धिप्रसाद अधिकारी लगायतको उपस्थिति रहेकोे थियो । 
बुधबार ५ हजार थान  माक्स र सेनिटाईजर सामाग्रीहरु संबंधित कार्यालयमै पुगि हस्तान्तरण गरिएको थियो । सामाग्रीहरु  ईलाका  प्रहरी कार्यालय टाँडीका प्रमुख  प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना, शसत्र प्रहरी बल शिविर सुरक्षा बेस भुत्याहा खैरहनीका प्रमुख दिपेन्द्र रानाभाटलाई हस्तान्तरण गरिएको थियो । 
त्यस्तै प्रहरी चौकी जयमङला, प्रहरी चौकी जुटपानी, प्रहरी चौकी पदमपुर, प्रहरी चौकी खोलेसिमल, प्रहरी बिट जिरौनालाई पनि समन्धित कार्यालयमै पुगि माक्स तथा सेनीटाईजर हस्तान्तरण गरिएको थियो । त्यसैगरी रत्ननगर-१० मंगलपुरमा रहेकोे गामबेसीको चेपाङ संरक्षण केन्द्र र रत्ननगरकै वडा नं. ६ सौराहा बछाैैलीमा रहेको बाल गृह सानो घरलाई पनि माक्स तथा सेनीटाईजर सहयोग गरिएको छ । सो केन्द्रमा १३४ जना बिपन्न चेपाङ विद्यार्थीहरु आवासीय रूपमा रहि अध्ययन गर्दछन भने सानो घर बालगृहमा बिपन्न असाहाय १८ जना विद्यार्थीहरु आवासीय रूपमा रहि अध्ययन गर्दै आएका छ्न ।
कालिका दैनिकका निर्देशक बन्जाराले यस अगाडि पनि सो केन्द्र र बाल गृहमा खाध्यान्ह लगायतका सामाग्री, स्टेसनरी समेत सहयोग गर्दै आउनु भएको छ । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्य परिषदका कोषाध्यक्ष समेत रहनु भएका बन्जाराले नेपालको गोरखा, चितवन लगायतका विभिन्न जिल्लाका सामाजिक सस्था र बिपन्न बस्ती हरुमा आर्थिक सहयोग, खाद्यान्न, स्टेसनरी, कपडा, स्वास्थ सामाग्री लगायतका सहयोगहरु निरन्तर गर्दै आउनु भएको छ ।
साथै आज नै प्रेस चौतारी नेपाल चितवन शाखाको लागि पनि ५ हजार थान माक्स तथा सेनीटाईजर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हङकङका सफल ह्यन्डिक्राफ्ट व्यावसायी समेत रहनुभएका बन्जाराले आबस्यक रहेका  बिपन्न तथा असाहाय बस्तीको लागि तथा विभिन्न सामाजिक सस्थाको लागि माक्स तथा सेनिटाईजर सहयोग गर्न आफु तयार रहेको र खबर गर्न समेत उहाले अनुरोध गर्नु भयो । तत्कालका लागि चितवनमा ३० हजार थान माक्स र सेनिटाईजर सहयोग गरिने बन्जाराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !