माडी १४ वैशाख । सामाजिक अगुवा एवम् नेकपा एमालेका युवा नेता श्रीप्रसाद दवाडी र सञ्चारकर्मी नारायण सापकोटाको सहयोगमा माडीका सुरक्षाकर्मीहरुका लागि मङ्गलवार माक्स र सेनिटाइजर हस्तान्तरण गरिएको छ ।

माडी नगर पालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद सुवेदीको रोवहरमा इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रमुख झलक शर्मा, सीमा सुरक्षा बल (बिओपी) छरछरेका प्रसनि नारायण इटनी र हाल राधापुरमा रहेको वेस क्याम्पका प्रहरी निरीक्षक आन गुरुङलाई १८ प्याकेट माक्स र ५ लिटर सेनिटाइज वितरण गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख सुवेदीले सङ्क्रमणको समयमा सुरक्षकर्मीहरुको समस्या बुझेर सहयोग गर्ने सहयोगी महानुभावहरुप्रति हार्दिक धन्यवाद दिंदै सङ्क्रमणको समयमा अत्यावश्यक काम बाहेक अनावश्यक हिंडडुल नगर्न सम्पूर्ण माडी वासीहरुलाई आग्रह गर्नुभयो । कोभिडको सङ्क्रमणको समयमा पनि अग्रपङ्तिमा रहेर जनताको सेवा गर्नु पर्ने भएकोले स्वास्थ्य सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको सामाजिक अगुवा एवम् युवा नेता श्रीप्रसाद दवाडी बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !