रवि रोषी, चितवन । जापानका दिलिप शर्मा गैर्हे बाट चितवनको मंगलपुर स्थित चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर शिक्षार्जन गर्दै आएका चेपाङ वालवालिकालाई १ लाख ५ हजार बरावरको खाधान्न तथा स्टेशनरी सामान प्रदान गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १० निवासी गैरे स्टार ग्रुपका सन्चालक तथा गैर आवासीय नेपाली संघ, कान्साई जापानका उपसंयोजक समेत रहेका छन् ।

जापानमै रही बिगत एक दशक देखि चेपाङ बालबालिकाको शैक्षिक हित देखि तेक्वान्दो खेलाडीहरुको व्यवशायिक प्रशिक्षणको लागि कभर्ड हल निर्माण गर्न ३० लाख बरावरको सहयोग संकलन गरी पठाउन सफल ब्यक्तित्व दीपक नेपालले सो भुमिका निर्वाह गर्नुभएको थियो । जापानमै रहेर पनि नेपालका अति विपन्न सिमान्तकृत चेपाङहरुको लागि घर निर्माण गर्न होस वा सरकारी स्कुलका भवन पुनर्निर्माण गर्न अक्षुण्ण भुमिका निर्वाह गरेका नेपाल चेपाङ संरक्षण केन्द्रका सल्लाहकार समेत रहेका छन् ।

कोविड१९ को संक्रमणकालीन अवस्थामा चेपाङ बिधार्थीको लागि आएको यो ठूलो सहयोग हो । परोपकारी अभियानमा अग्रताका साथ भुमिका निर्वाह गर्दै आउनुभएकी महिला समाजसेवी टीका कुमारी नेपालको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा रमेश कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने रत्ननगर तेक्वान्दो डोजाङका प्रशिकहरुको पनि उपस्थिती रहेको थियो ।

केन्द्रका अध्यक्ष केपि किरण शर्माले दानदाता दिलिप गैरे र सामाजिक अभियन्ता तथा केन्द्रका सल्ल्हकार दीपक नेपाललाई हार्दिक आभार प्रकट गर्नुको साथै दाता गैरेलाई केन्द्रको तर्फबाट आजीवन सदस्यताको प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !