सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उहाँ चिकित्सकका निगरानीमा होम आइसोलेसन रहनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !