रबि रेग्मी, गोरखा । गण्डकी गाउँपालिका वडा नं ८ मा रहेको घ्याल्चोक स्वास्थ्य चौकीमा १० शय्याको कोरोना विशेष अस्पताल संचालनमा ल्याएको छ ।

गाउँपालिका भित्रका कोरोना संक्रमित विरामीहरुलाई केही मात्रामा भए पनि उपचार दिने उदेश्यले १० शय्याको अक्सिजन सहितको अस्पताल संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष होम बहादुर रानाले बताए ।

अस्पतालमा डाक्टर सहित स्वास्थ्यकर्मीको टोलि संक्रमितको उपचारमा खटिएका छन ।

कोरोना विशेष अस्पताल स्वास्थ्य मन्त्रालयले ५ लाख र गाउँपालिकाको थप लगानीमा संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरन गुरुङले जानकारी दिए ।

गण्डकी गाउँपालिकामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु सबै कन्ट्र्यक ट्रेसिङमा परेका हुन र उनिहरु सबै गण्डकी गाउँपालिका वडा नं ७ का हुन यो सगै गाउँपालिकामा कुल नयाँ संक्रमितको संख्या नयाँ ५७ जना पुगेको छ ।ती मध्ये तीन जना निको भै सकेका छ्न भन्ने चार जना अन्यत्र अस्पतालमा उपचाररत रहेको स्वास्थ्य शाखा प्रमुख बेलि श्रेष्ठले जानकारी दिए ।

कोरोना विशेष अस्पताल गत २७ गते बाट संचालनमा आएको घ्याल्चोक स्वास्थ्य चौकी प्रमुख बिमल रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस !