शिशिर सिंखडा, चितवन । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले शुरु गरेको “एक अक्सिजन कन्सनट्रेटर दुई जिवनदान” अभियानमा एनआरएनएका पुर्व अध्यक्ष भबन भट्ट र अध्यक्ष कुमार पन्तले एक–एक लाख रुपैया सहयोग गर्नु भएको छ । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक समेत रहनु भएका भट्ट र संरक्षक पन्तले गोरखा समाजले शुरु गरेको अभियानको सफलताको कामना समेत गर्नुभएको छ । साथै उहाँहरुले सो अभियानमा रकमको अभाव भएमा थप रकम समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष तथा कालिका दैनिक अनलाइनका निर्देशक आकाश बन्जाराले जानकारी दिनु भयो ।एनआरएनएका अध्यक्ष पन्तले मातृभूमी नेपालमा फैलिएको कोरोना भाईरसको दोस्रो लहरबाट आक्रान्त गोरखा जिल्ला भित्रका कोभिड प्रभावितलाई सहयोग गर्ने उद्देश्यले चलाइएको अभियानमा सहयोग गर्न विश्वर रहेका नेपाली समुदायलाई अपिल समेत गर्नुभएको छ ।

ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले विश्वभर रहेका नेपालीले कोभिड प्रभावित जिल्लाबासीलाई राहत दिन सहयोग संकलन अभियान सञ्चालन गरिरहेको कालिका दैनिकलाई जानकारी दिनुभयो । समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोर्कण ढकालले हाल नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको र अक्सिजन नपाएर नेपालहरुले अकालमा मृत्यवरण गरिरहेको घटनाले दुखी बनाएको भन्दै अभियान सञ्चालन गरिएको र रकम संकलन कार्य जारी रहेको समेत बताउनुभयो ।

समाजले ६६ वटा कन्सनट्रेटर खरिद गरि हस्तान्तरण गर्दैछ । २ जना बिरामीलाई एकैै पटक प्रत्यक्ष प्रयोग गर्न सकिने एउटा कन्सनट्रेटरको करिव १ लाख रुपैया पर्दछ । समाजले गोरखाका सबै अस्पताल, स्वास्थ चौकी र प्राथमिक उपचार केन्द्रमा कुल ६६ वटा कन्सनट्रेटर खरिद गरि हस्तान्तरण गर्नेे ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले जानकारी दिनुुुभयो । सो हस्तान्तरण पछि गोरखाका सबै स्वास्थ केन्द्रहरु अक्स्सिजनयुक्त हुने समेत अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !