शिशिर सिंखडा, चितवन । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको २८औैं स्मृति दिवस । आजको दिनमा नेकपा एमालेले नेताद्वय भण्डारी र आश्रितको सम्झनामा विविध कार्यक्रम गर्दै आएको थियो ।

कोरोना भाईरसको संक्रमणका कारण पार्टीले कुनै पनि औपचारिक कार्यक्रम गर्ने योजना नभएको नेकपा एमाले चितवनकि अध्यक्ष पार्बती रावलले जानकारी दिनुभयो । यस अगाडी पार्टीको तर्फबाट नेताद्वय भण्डारी र आश्रितको मृत्यु भएको स्थान दासढुंगामा हरेक बर्ष श्रद्धाञ्जली सभा र विविध कार्यक्रम गर्दै आएको पार्टी अध्यक्ष रावलले जानकारी दिनुभयो ।

कोरोना कहरका कारण नेताद्व्यको आजको स्मृति दिवसमा औपचारिक कार्यक्रम भने गर्न असम्भव भएको जिल्ला पार्टी अध्यक्ष,  राष्ट्रिय सभा सांसद एवं सामाजिक सरोकार समिति सभापति समेत रहनु भएकि एमाले नेतृ रावलले जानकारी दिनुभयो । साथै नेकपा एमाले चितवनले आज एक  बिज्ञप्ती जारी गरि नेताद्व्य प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँ हरुले देखाएको पार्टीको मार्ग दर्शन र बाटो कहिलै नभुल्ने बताएको छ । 

नेकपा एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावल र पार्टी सचिव प्रकाश खनाल (शैलेस) द्वारा जारी बिज्ञप्तीमा सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा सबै एकजुट हुन समेत आव्हान समेत गरिएको छ ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । जनताको बहुदलीय जनबादका प्रणेेता नेता भण्डारीले देखाएको सोही बाटोमा अहिलेका कम्युनिस्ट पार्टीहरु अगाडी बढीरहेका छन ।

रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना भने हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !