चितवन ।  नेकपा माओवादी केन्द्रका भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसियल) नेपालले चितवनमा नि: शुल्क अटो एम्बुलेन्स सहित आपतकालिन मेडिकल सहयोग कक्षा सेवा सुरु गरेको छ।

भरतपुर महानगरपालिका १ रामनगरमा सम्पर्क कार्यालय स्थापना गरि विभिन्न सेवा दिदै आएको योङ्ग कम्युनिस्ट लिग वाइसीएल भरतपुर वडा न.१ ले शनिबारका दिन भरतपुर महानगरमा लकडाउनको क्रममा अहोरात्र जनताको सेवामा खटिएका प्रहरीहरुलाइ निशुल्क चाउचाउ पानी फ्रुटी सहित स्वास्थ्य सामाग्रीहरु माक्स, सेनिटाइजर बाडेर सहयोग गरेको वाइसीएल वडा न. १ का संयोजक राजु मल्ल ठकुरीले बताएका हुन् । ठकुरीका अनुसार वाइसीएल भरतपुर वडा न.१ ले महानगरको सहयोगमा आफ्ना वडाबासीहरुका लागि आपतकालीन सहयोग कक्ष सहितको मेडीकल परामर्स कक्ष, रक्तदान सेवा समेत रहनेगरी व्यवस्था गरिएको छ ।

सम्पर्क कार्यालयमा अक्सिजन सहितको अटो तथा एम्बुलेन्स सेवा पनि उपलब्ध गरिएको छ । यो जटिल समयमा कोही पनि सुरक्षीत र समुचित स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस्, रगत अभाव वा औषधीको अभावमा कसैले ज्यान गुमाउन नपरोस् र आपतकालीन समस्यामा परेकाहरूको लागि उद्धार सहयोग कार्य गर्न सकियोस भन्ने लक्ष्य सहित यो अभियानको सुरूवात गरिएको वाइसीएल भरतपुर १ का सह- इन्चार्ज प्रवेश कंडेल ले बताएका हुन् । त्यस्तै भरतपुर महानगरको समन्वयमा अहिलेको यस परिस्थितिमा आजको आवस्यकता युवाहरुको सक्रियता भन्ने नारा का साथ जे जसरी वाइसीएल वडा न.१ का युवाहरु खटी रहेका छन त्यो नै सार्है राम्रो कुरा हो र आ-आफ्नो वडामा यसरी नै युवाहरु लागिपर्ने हो भने महामारीको यस परिस्थितिमा सरकारले गर्न नसके पनि समस्यामा परेका हरेक जनताको उध्दार हुने वाइसीएल चितवनका जिल्ला अध्यक्ष मधु न्यौपाने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस !