चितवन । चितवनमा आज एकै दिन १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारी अनुसार विगत २४ घण्टामा भरतपुरमा १ सय १४ जना, खैरहनीमा ४, माडी नगरपालिकामा ८, रत्ननगरमा २१, राप्तीमा १४ र कालिका नगरपालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै चितवनमा जम्मा संक्रमितको संख्या ११ हजार १ सय ५४ पुगेको छ । संक्रमितमध्ये घरमा आइसोलेसनमा तीन हजार ५ सय २४ र अस्पतालको आइसोलेसनमा २ सय १४ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।