काठमाडौँ  । कोरोनाबाट आज एकैदिन देशभर ८ हजार ५ सय २० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।

त्यस्तै यस अवधिमा थप २सय ३ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ।

आज कुल २१ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा २० हजार ९सय४८ जनाको पिसिआर र ५सय३० जनाको एन्टिजेन परीक्षण भएको थियो।

आज ६ हजार १सय३५ जना कोरोनाबाट निको भएका छन्। एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च हो। हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस !