गण्डकी।  गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र ९इद०को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !