काठमाडौँ । प्रधानमन्त्री पुनः नियुक्त हुनुभएको नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ आज लिँदै हुनुहुन्छ । उहाँले दिउँसो २ः३० बजे राष्ट्रपति भवन शितलनिवासमा सपथ लिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराइले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको ओली नेपालको तेस्रो पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेता बन्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त दललाई हिजो राति ९ बजेसम्म दाबी पेश गर्न आह्वान गरेपनि कसैको दावी नआएपछि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भट्टराइले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !