काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले ग्यास पड्किएर घाइते एक परिवारलाई आज आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री आलेले नेपाली सेनामा कार्यरत डोटीको शिखर नगरपालिका–६ का टेकबहादुर मल्लको परिवारलाई रु पच्चीस हजार सहयोग गर्नुभएको हो । मल्लको काठमाडौँ महानगरपालिका–२८ स्थित कोठामा यही वैशाख १९ गते ग्यास पड्किएर आगलागी हुँदा उहाँका बुवा, श्रीमती र छोराछोरी घाइते हुनाका साथै भौतिक सम्पति नष्ट भएको थियो । मल्ल परिवारको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
नेकपा ९एमाले० का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शेरबहादुर मल्लले घटनाबारे जानकारी गराएपछि मन्त्री आलेले सहयोग गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !