चितवन । चितवनमा आज निषेधाज्ञा लगाएको दुई हप्ता पूरा भए पनि कोरोना संक्रमण दरमा कमी आएको छैन । गत वैशाख १६ गतेबाट चितवनमा निषेधाज्ञा लागेको थियो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा थप २०८ जना संक्रमित भएका छन् ।

जसमध्ये भरतपुर महानगरपालिकाको १६८ जना, खैरहनीको १५ जना, माडीको ५ जना, रत्ननगरको १० जना, राप्तीको ५ जना, कालिकाको ४ जना र इच्छाकामनाको १ जना रहेका छन् ।
आजसम्म चितवनमा जम्मा संक्रमितको संख्या १० हजार ६३८ जना पुगेको छ । चितवनमा आजसम्म १५४ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित मध्ये अस्पतालको आइसोलेसनमा १८९ जना र घरमा आइसोलेसनमा तीन हजार १०८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !