काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट हुने भएको छ।

भेटको समय र ठाउँ तय नभएको नेकपा स्रोतले बताएको छ । स्रोतका अनुसार आज दुई नेताबीच हुने वार्ताले अन्तिम निर्णय हुनेछ ।

वरिष्ठ नेता नेपालले२०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान राख्दै आएका छन् । आफूहरूको अडानमा ओली सहमत नभएमा नेपाल पक्षीय सांसदहरूले आजै राजीनामा दिने समेत चेतावनी दिएका छन् ।

यसअघि ओलीनिकट नेता बिष्णु पौडेलले नेपाल निवास कोटेश्वरमा पुगेर उनीसँग छलफल गरेका थिए ।

भेटका क्रममा पौडेलले सांसद पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए । तर नेपालले भने आफ्नो शर्त प्रस्ट भएको जवाफ दिएका थिए । नेता नेपालसँगको भेटपछि बालुवाटारमा ओलीले स्थायी कमिटी बैठक राखेका थिए ।

बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसल र सुरेन्द्र पाण्डेमाथिको कारबाही लिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !